कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

पोखरा । कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ।

बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् ।

दुई विषयमा नन ग्रेडेड आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ। सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थी पनि परीक्षामा सहभागी हुन पाउने छ । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ।

एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ। तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउनेछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ