नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । कास्कीकाे इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य कृष्ण थापालाई ताेकिएकाे हाे ।
थापाले यस अघि पनि कास्की इञ्चार्जको जिम्मेवारीमा रहिसकेका छन् ।
बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय कमिटीमा मनोनयन र प्रदेश इन्चार्ज तोक्नेलगायत निर्णय गर्ने क्रममा जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको हो ।
कास्की प्रभा काेइरालालाई केन्द्रीय सदस्यमा मनाेनित गरिएकाे छ।
यस्तै, पूर्व अध्यक्ष राजीव पहारीलाई राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज बनाएको छ । एमाले सचिवालय बैठकले युवा नेता पहारीलाई एमालेको भातृ संगठन युवा संघलाई कमाण्ड गर्ने गरी जिम्मेवारी तोकेको हो ।
राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पहारी गण्डकी प्रदेश सभाका पूर्व सदस्य थिए । युवा संघको अध्यक्ष हुँदा मधेशमा पार्टीको अभियान चलाएपछि पहारी अध्यक्ष केपी शर्मा ओलीको प्रिय बनेका थिए ।
पहारीले युवा संघको इन्चार्जका अतिरिक्त कास्की निर्बाचन क्षेत्र नम्बर ३ को इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । कास्कीका नेताहरुमा दोहोरो जिम्मेवारी पाउने उनी मात्रै हुन् ।
यस अघि युवा संघको इन्चार्ज महेश बस्नेत थिए । बस्नेतले भक्तपुर जिल्लाकी इन्चार्जको जिम्मेवारी पाएका छन् ।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला