अब नर्सिङ पढ्न १२ कक्षा पास गर्नुपर्ने

अब नर्सिङ पढ्न १२ कक्षा पास गर्नुपर्ने

Nurse

पोखरा । नर्सिङ पढ्न अबदेखि १२ कक्षा पास हुनुपर्ने भएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको जनाएको छ । कार्यदलले दिएको प्रतिवेदन पारित गरेर नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको जनाइएको छ ।

नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसीको संयोजकत्वमा गठन भएको कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

विदेशका धेरै देशमासमेत कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएकाले नेपालमा पनि यही व्यवस्था लागू गर्नेबारे गृहकार्य भइरहेको आयोगले जनाएको छ।

। आयोगका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ । नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउनेछन् । अहिले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds