पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश कमिटी इन्चार्जमा किरण गुरुङ मनोनीत भएका छन् । पार्टी सचिवालयको बिहीबार बसेको बैठकले गुरुङलाई गण्डकी इन्चार्ज बनाएको हो ।
यसअघि गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । पछिल्लो समय आफ्नै भूगोलको नेतालाई इन्चार्ज जिम्मेवारी दिने नीति एमालेले लिने चर्चाका बिच गुरुङ गृहप्रदेशकै इन्चार्ज भएका छन् ।
एमालेले पार्टी केन्द्रीय कमिटीमा १७ जना मनोनीत गरेको छ । उपाध्यक्षमा गुरु बराललाई मनोनीत भएका छन् । सुवास नेम्बाङको निधनपछि उपाध्यक्ष पद रिक्त थियो । सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । स्थायी कमिटीमा पनि २ जना सदस्य थपिएका छन् । मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको पोखरेलले बताए ।
किरण गुरुङ २०७९ सालको आमनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए । कांग्रेसका शंकर भण्डारीसँग उनी पराजित भएका हुन् । त्यसअघि भने प्रदेश सभा निर्वाचन जितेर गण्डकी प्रदेशको अर्थमन्त्री भएका थिए । ४ दसक लामो राजनीतिक जीवन व्यतित गरेका गुरुङ नेपाल सरकारको वन मन्त्री पनि भइसकेका छन् ।
Advertisement
एमाले सचिवालयले कास्कीकी प्रभा बरालसहित १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ), सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशहवा (रौतहट), जितेन्द्र देव (सप्तरी), रामपृत राम (सिराहा) छन् । बराल कास्कीकी पुरानी नेतृ हुन् । उनको बसाइ चितवन छ । बागलुङकी चालिसे गएको निर्वाचनअघि कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी थिइन् । कर्माचार्य, कुशवाह, देव र राम पनि अरु पार्टीबाट एमाले छिरेका हुन् ।
एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना (अछाम)का साथै महेश बर्तौला (मकवानपुर) पनि केन्द्रीय सदस्य चयन भएका छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), आशा जगेबु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
लमजुङका नेता मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् । एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर), खालित हुसेन हक (सुनसरी) मनोनीत भएका छन् ।
सोही पदम हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मरासी (डोटी), सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत भएका छन् ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी