पोखरा । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि श्रावण २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएको छ । आयोजक नेवाः खलः कचा पृथ्वीचोकले बुधबार पत्रकार सम्मेलन गर्दै २३ टोलीको सहभागीता हुने र २० टोलीले मात्र प्रतिष्पर्धा गर्नेछन् ।
नेवाः खलः कचा पृथ्वीचोकका अध्यक्ष रेशमबाबु श्रेष्ठका अनुसार बुधबार नै गोलाप्रथा गरेर सहभागी टोलीहरुका लागि पस्तुतीको समय टुङ्गो लागेको छ ।
प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुले नेवारी खानाको स्वाद लिन झो भ्वयः को समेत आयोजना गरिएको छ ।
पत्रकार सम्मेलनमा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः सस्कार संस्कृति र परम्परा संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि नेवा खल कास्कीले पछिल्लो समय विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । गत साल पनि बाघ जात्रा आयोजक समिति २०८० को आयोजना र नेवा खलः कास्की तथा नेवा समुदायसँग समबन्धित संघसंस्थाहरुले पोखरामा २३ वर्षपछि बाघ जात्रा निकालेको थियो ।
प्रतियोगीता पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । करिब दश हजार जनाको उपस्थिति रहने आँकलन गरिएको कार्यक्रममा एलईडी मार्फत पनि नाच देखाईने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद रु ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ का साथमा मायाको चिनों तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगीता संयोजक रेशम प्रसाद श्रेष्ठले बताए । लाखे नृत्य प्रस्तुतीका लागि चाहिने पोशाक, मुकुण्डो, गहना, र बाजाहरुको व्यवस्था प्रतियोगि टोली स्वयंले व्यवस्था गर्नु पर्ने नियममा उल्लेख छ । कार्यक्रम सम्पन्न गर्नका लागि २१ लाखभन्दा बढि खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
नेवा खलः कचाः पृथ्वीचोकका पुर्व अध्यक्ष तथा सल्लाहकार गजेन्द्रमान श्रेष्ठले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्रचार्य, नेवा पत्रकार पुचः कास्की अध्यक्ष अनिशा श्रेष्ठ, नेवा ल्याम्ह पुचः कास्की अध्यक्ष विनित जोजीजु लगायत नेवा समुदायका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते