पार्टी बिग्रियो भन्दै माओवादी उपमहासचिव गजुरेलद्वारा सामूहिक राजीनामा दिन आह्वान

पार्टी बिग्रियो भन्दै माओवादी उपमहासचिव गजुरेलद्वारा सामूहिक राजीनामा दिन आह्वान

Haribol-Gajurel

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनसाय बनाएका छन्।

शुक्रबार (साउन ११) पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा तयार गरेका छन् ।

यद्दपि उनको राजीनामाबारे पार्टीले केही बाेलेको छैन। उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरेका छन्।

गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds