पोखरा ६, लेकसाइडको मुक्तिनाथ सपिङ सेन्टरमा गएराति आगलागी भएको छ ।
आगलागीका कारण करिब डेढ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । नारेश्वर चोकस्थित उक्त पसलमा विद्युत सर्ट भई आगो लागेको हुनसक्ने बताइएको छ ।
स्याङ्जा आँधीखोला ४ सुजन गहतराजले स्थानीय स्थानेश्वर पहारीको घरमा उक्त सपिङ सेन्टर संचालन गर्दै आएका थिए ।
बुधबार बिहान करिब २ बजेर १५ मिनेटमा आगलागी भएकोमा स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा ३ बजेर ५ मिनेटमा आगो नियन्त्रणमा आएको थियो । तर, आगलागीले सपिङ सेन्टरको वाइन सप, ग्रोसरी सप र कस्मेटिक सप पूर्णरुपमा क्षति भएको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते