नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र एक युवाको शव फेला

नयाँ बसपार्कमा पार्किङ गरेर राखिएको बसभित्र एक युवाको शव फेला

ladera mrityu

काठमाण्डौ । काठमाण्डौको नयाँ बसपार्कभित्र पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ।

काठमाण्डौ महानगरपालिका –२६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसमा मंगलबार युवाको शव फेला परेको प्रहरीले जनाएको छ।

ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको प्रहरीले जनाएको छ ।

उक्त बस करिब दुई महिनादेखि पार्किङ गरेर राखेको पाइएको छ। युवकको मृत्युको कारण खुलेको छैन। शव मंगलबार साँझ भेटिएको हो।

शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ