स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -१ जिरोमा स्थित भगवतीमाई बहुउद्देश्यीय सहकारी लिमिटेडले मेसिनबाट पातका दुना टपरी बनाउन सुरु गरेको छ । मेसिनबाट साल, कटुस, चिउरी लगायतका पातहरुबाट दुना टपरी बनाएर बिक्रीवितरण गर्न थालिएको हो ।
पालिकाभित्रका महिलाहरुलाई आय आर्जनमा जोड्ने उद्देश्यले मेसिन ल्याएर दुना टपरी बनाउन थालेको सहकारीका संरक्षक टुकराज अर्यालले जानकारी दिए । उनले जङ्गलबाट ल्याइएका पातलाई जोडेर आकार दिने र मेसिनले च्यापेर दुना टपरी बनाइने बताए । पातलाई सिन्कोले जोड्ने र कत्रो आकारको बनाउने भन्ने महिलाहरुले तय गर्ने र अन्त्यमा मेसिनले च्यापेर दुना टपरी बनाइने छ ।
उक्त मेसिनले पाँचवटा डाईमार्फत साना दुनादेखी ठुला टपरी बनाउने छ । पात खोजेर ल्याएर मेसिनमा हाल्ने बनाएको कच्चापदार्थको सानाको एक रुपियाँ र ठुलाको तीन रुपियाँसम्म महिलाहरुले पारिश्रमिक पाउनेछन् भने दुनाको प्रति गोटा तीन रुपियाँ र टपरीको आठ रुपियाँसम्म पर्नेछ ।
स्थानीय आमा, दिदिबहिनीले बनाएर ल्याएको पातको कच्चापदार्थलाई मेसिनबाट दुना टपरी बनाउने काम सहकारीमा रहेका कर्मचारीले गर्नेछन् । दुईवटा पातबाट सिधै दुना बन्ने र सिन्कोले जोडेर टपरी बनाइने सहकारीले जनाएको छ ।
विशेषगरी विवाह, बर्तबन्ध र पुजा पाठमा प्रयोग हुने दुना टपरी अब बाहिरबाट ल्याउन नपर्ने पालिका बनाउने सहकारीका संरक्षक अर्यालले बताए । उनले पातबाट कच्चापदार्थ बनाएर पहिलो चरणमा २० जना आमा, दिदिबहिनीहरु आय आर्जनमा जोडिएका बताए ।
सहकारी आफैंले दुई लाख ९४ हजार रुपियाँमा मेसिन खरिद गरेर ल्याएको हो । उक्त मेसिनबाट एकदिनमा दुई हजार पाँच सयवटा टपरी र दुना बन्ने जानकारी दिँदै बाहिरबाट माग भए बिक्रीवितरण समेत गर्ने अर्यालले बताए ।
स्थानीय तहमै दुना टपरी बनाउने र बिक्रीवितरण गर्ने कामको सुरुवात गर्दै गाउँपलिकाका अध्यक्ष प्रकाश तिवारीले महिलालाई आय आर्जनमा जोड्न गरिने हरेक काममा पालिकाको सहयोग रहने बताए ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो