पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

pahiro

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

यस सडकअन्तर्गत आज बिहान लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो ।

सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ