बल्खु खोलाले बगाउँदा काठमाण्डौमा १ जनाको मृत्यु

बल्खु खोलाले बगाउँदा काठमाण्डौमा १ जनाको मृत्यु

balkhu-khola-badhi

काठमाण्डौ । काठमाण्डौमा बल्खु खोलाको बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ।

बुल्खु पुलमुनि अड्किएको अवस्थामा ४५ वर्षीय रामस्वरुप महतो शवको फेला परेको प्रहरीले जनाएको छ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो।

मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको जनाएको छ।

काठमाण्डौ उपत्यकामा गएराति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो।

बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ