पोखरा । पोखरामा सवारी साधनमा ढुङ्गा हानी क्षति पुर्याउने १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका –६ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका –५ मालेपाटन बस्ने वर्ष ४६ को धन बहादुर लामा रहेका छन्।
लामाले यही साउन १३ गते आइतबार एक बिरोध कार्यक्रममा पोखरा –९ पृथ्वीचोकमा पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको लु १ प ७ नं.को पर्यटक बसलाई रोकी चालकलाई अपशव्द, गालिगलौज गर्दै ढुङ्गा हानी सिसासमेत फुटाएर उनी फरार भएका थिए ।
उक्त दिन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भाडाका सवारी साधन नचलाई बन्द गरेकोमा बिरोध कार्यक्रम गरिएको थियो ।
घटनापछि फरार भएका लामालाई खोजतलास गर्दै जाँदा हिजो मंगलबार पोखरा– १६ दिपबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
उनी बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधार नैतिकता विरुद्धको कसूर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध