कारागारबाट छुटे लगतै अर्को हत्या

कारागारबाट छुटे लगतै अर्को हत्या

मोरङ । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ ।

मंगलबार राति उर्लाबारी नगरपालिका– ४ का २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो ।

उनीमाथि उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो ।

छुरा प्रहारबाट गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाइन अस्पताल दमक पठाइएको थियो । लाइफलाइनबाट उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।

घटनापछि तामाङ फरार छन् । दाहालको हत्यामा उनकै संलग्नता रहेको प्रहरीको दाबी छ ।

तामाङ कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds