भारतको केरलामा पहिरोमा परी १२३ जनाको मृत्यु

भारतको केरलामा पहिरोमा परी १२३ जनाको मृत्यु

kerala-pahiro

पोखरा । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरोमा पुरिएर १२३ जनाएको भएको छ । एक सयभन्दा बढी घाइते भएका छन् ।

केरलाको वायनाडस्थित मेपाडी नजिक मंगलबार बिहान पहिरो जाँदा ९० भन्दा बढी बेपत्ता भएको बीबीसीले जनाएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।

भीषण पहिरोले केरलाका चार वटा गाउँ प्रभावित भएका छन् । स्थानीयले फरक फरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ ।

भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय बन्द गरिएको छ ।

भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ