स्याङ्जामा ‘कविता महोत्सव – खुल्ला कविता प्रतियोगिता’ हुने

स्याङ्जामा ‘कविता महोत्सव – खुल्ला कविता प्रतियोगिता’ हुने

1a5e6d38-4147-49ba-a8d5-609918c001af

स्याङ्जामा पुष्प – चन्द्र ट्रस्टले ‘कविता महोत्सव – खुल्ला कविता प्रतियोगिता’ गर्ने भएको छ ।

राष्ट्रिय प्रज्ञा प्रतिष्ठान – नेपालका प्रथम नागरिक कुलपति कविवर स्व. केदारमान व्यथित, सामाजिक न्यायका पक्षधर राजनीतिज्ञ एवं निष्ठाका प्रतीक, अधिकारकर्मी एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा नेपाली साहित्यकर्मीहरुलाई समर्पित गर्दै कविता महोत्सव संचालन गर्न लागिएको हो ।

`भाषा, कला, संस्कृति साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान´ भन्ने मुल नाराका साथ साहित्यिक जनजागरण गर्ने उद्देश्यले कविता महोत्सवको आयोजना गरिएको पुष्प – चन्द्र ट्रस्ट, स्याङ्जाका अध्यक्ष महेन्द्रमान व्यथितले जानकारी दिए । उक्त साहित्यिक महायज्ञको रुपमा आयोजित खुल्ला कविता प्रतियोगिताको पुतलीबजार प्रज्ञा प्रतिष्ठान, स्याङ्जा र स्याङ्जा साहित्य प्रतिष्ठानले सहजीकरण गर्ने मिडिया संयोजक एक बहादुर गोदार(रमेश)ले बताए ।

उक्त कविता महोत्सवले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा लिइएको महोत्सव संयोजक अनन्त कुमार श्रेष्ठले बताए । यहि साउन ३१ गते स्याङ्जा सदरमुकाम स्थित सिटीहलमा आयोजित कविता प्रतियोगितामा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगी रहने र विद्यार्थी, शैक्षिक संस्थाहरु एवं प्राज्ञहरुको व्यापक सहभागिता रहने उनको भनाइ थियो ।

उनले साउन २० मा कविताको अन्तिम छनौट सूची सार्वजनिक गरिने बताउँदै छनौटमा परेका प्रतियोगिताका प्रतियोगी मध्येबाट उत्कृष्ट २० कवितालाई ऎतिहासिक महत्वको अनुष्ठानमा वाचनको लागि सहभागी गराइने जानकारी दिए । उत्कृष्ट २० साहित्यकार, सर्जक एवं स्रष्टा प्रतियोगीलाई सम्मान गरिने र छनौटमा परेका मध्येबाट प्रथम, द्वितीय र तृतीय कविता साथै रचनाकारलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिनेछ ।

प्रथम पुरस्कार १५ हजार पाँच सय ५५, द्वितीय पुरस्कार ११ हजार एक सय ११ र तृतीय पुरस्कार ७ हजार सात सय ७७ रुपियाँ नगद रहेको छ । महोत्सव संयोजक श्रेष्ठले कविताको मुल्यांकनका लागि नेपाली साहित्यका राष्ट्रिय स्तरका विज्ञ व्यक्तित्व, प्राज्ञ एवं प्राध्यापकहरुको प्रवन्ध रहेको बताए ।

प्रतियोगितामा सहभागी कविता कुनै व्यक्ति विशेष, समुदाय, जातजाति वा धर्म सम्प्रदाय र राजनीतिक दल विषेशलाई आक्षेप लगाएको हुन नहुने र हालसम्म अप्रकाशित र कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने शर्त र नियमहरुलाई पालना गरी कविता छनोट हुने महोत्सव संयोजक श्रेष्ठले जानकारी दिए ।

साहित्यिक जनजागरण गर्ने उद्देश्यले आयोजित उक्त राष्ट्र व्यापी कविता महोत्सव सफल पार्न मुक्तिनाथ फाउन्डेसन, मुक्तिनाथ विकास बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, सिटी एक्सप्रेस रेमिटान्स कम्पनी, नेपाली रिडर्स क्लब जापान, काला भैरव ट्रेडर्स पोखरा, सुर्योदय साकोस लगायतका संघसंस्थाहरुले सहकार्य गरेको कविता महोत्सवका प्रचारप्रसार संयोजक मोती मरासिनीले जानकारी दिए । उक्त ऎतिहासिक कार्यक्रम कविता वाचन एवं भव्य अभिनन्दन समारोहमा कवि, साहित्यकार, साहित्यप्रेमी तथा आम समुदाय, साहित्यिक, सामाजिक, राजनीतिक, व्यवसायिक संघसंस्थाहरु, प्राचार्यहरु एवं विद्यार्थीहरुलाई सहभागी हुन खुल्ला आव्हान समेत गरिएको छ ।

कविता महोत्सव कार्यक्रमको अतिरिक्त `सामुदायिक विद्यालयमा विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामाग्री सहायता´ कार्यक्रम समेत संचालन गर्न लागिएको पुष्प – चन्द्र ट्रस्टका संरक्षक एवं संस्थापक योगेन्द्र मान श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds