बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख हेरफेर

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख हेरफेर

cabinet-9-saun

सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

बैठकले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको छ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट रही नियुक्त भएका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी काँग्रेस र एमाले निकटलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ ।

एक मन्त्रीका अनुसार बागमतीमा दीपक प्रसाद  देवकोटा, लुम्बिनीका श्रीकृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ ।

संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

कञ्चनपुरका जोशी कांग्रेसका केन्द्रीय सदस्य हुन् भने कैलालीका देवकोटा एमाले, रोल्पाका घर्ती कांग्रेस नेता हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ