स्कुल बस दुर्घटना [अपडेट]: सहयोगी महिलाको मृत्यु, चालक मणिपाल रिफर

दुर्घटना

स्कुल बस दुर्घटना [अपडेट]: सहयोगी महिलाको मृत्यु, चालक मणिपाल रिफर

एक बालकको अवस्था गम्भीर

lp bus acc

पोखरामा भएको स्कुल बस दुर्घटना गम्भिर घाइते भएकी स्कूलका कार्यालय सहयोगीको मृत्यु भएको छ ।

पोखरा म.न.पा. २१ कृष्ती निवासी ३३ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

घाइतेहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । एक बालकको अवस्था गम्भीर छ । बस चालक पोखरा म.न.पा. १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर भुजेल (ढाडमा चोट, अवस्था मध्यम) लाई गण्डकी मेडिकल कलेजबाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ ।

कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको एकहाते नजिक थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहयोगीसहित ३० जना घाइते भएका थिए ।

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।

तस्वीर सौजन्यः प्रवेश पोखरेल

तस्वीरहरु सामाजिक सञ्जालबाट

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds