पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।
कास्की प्रहरीका अनुसार छोरेपाटन भन्दा ३ किमि टाढा पोखरा वडा नं. २१ मट्टिखान जाने सडकको एकहाते नजिक थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको उक्त बसमा २८ जना विद्यार्थी, चालक र सहयोगी (महिला) गरी ३० जना सवार थिए ।
प्रारम्भिक जानकारी अनुसार सवार चालक, सहयोगी तथा विद्यार्थीहरू घाइते भएका छन् । उनीहरूको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घुम्तीबाट खसेको बस तल्लो सडकमा पुगेको छ । बस ५० मिटर तल सडकमा खसेको छ ।
प्रत्यक्षदर्शीका अनुसार बस नपल्टिकनै सिधा रुपमा घस्रिएर धेरै तल पुगेको र बल्ड्याङ नखाएका हुनाले ठूलो क्षति हुनबाट जोगिन सफल भयो ।
बस मट्टिखानबाट विद्यार्थी लिएर स्कुलतर्फ फर्कंदै थियो । बस तीव्र गतिमा रहेको बुझिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
बाँकी तस्वीरहरु सामाजिक सञ्जालबाट ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते