पोखरा । पत्रकारलाई कुट्नुपर्ने भन्दै अभिव्यक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेलाई कारबाही गर्न पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघसंस्थाहरुले माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति, पत्रकार महासंघ कास्की शाखा, प्रेस चौतारी कास्की, प्रेस यूनियन गण्डकी, प्रेस सेन्टर कास्की लगायत विभिन्न पत्रकार संगठनहरुले मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
मन्त्री गुरुङले आइतबार दिउँसो अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीको नामै किटेर कुटपिट गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले भनेका छन्, छन्, ‘उसले (अमृत सुवेदीले) कुटाइ खानुपर्ने थियो, बिचरा सोझा पत्रकारले कुटाइ खाएछन् ।’
मनाङे भेस्ट मात्र लगाएर मन्त्रीको कुर्सीमा बसेको फोटोसहित सुवेदीले अनलाइन खबरमा समाचार लेखेका थिए । त्यही समाचारलाई आधार बनाएर मनाङेले मन्त्रीको कुर्सीमै बसेर निकृष्ट शब्द बोलेका छन् ।

जिम्मेबार पदमा बसेका मन्त्रीबाटै यस्तो अभिव्यक्ति आउँदा आफूलाई असुरक्षित महसुस गरेको पत्रकार सुवेदीले बताए । प्राप्त सूचना र प्रमाणका आधारमा समाचार लेख्दा जिम्मेवार व्यक्तिबाटै यस्तो व्यवहार हुँदा सरकारको नेतृत्व भने चुप लागेर बसेको उनले बताए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतमा छन् । कार्यवहाकको जिम्मेवारी पाएका समाजिक विकाश तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले घटनाको बारेमा जानकारी पाएको र आफूलाई धेरै दुःखित बनाएको बताए । आफू तनहुँबाट फर्कँदै गरेको र लगत्तै मनाङेसँग यसबारेमा कुरा गर्ने बताएका छन् ।

यातायात व्यवसायीको आन्दोलनको समाचार संकलन गर्न गएका बेला आइतबार बिहान पत्रकार बिनु थापा र सुरज थापामाथि कुटपिट भएको थियो । उनीहरुलाई कुट्ने ५ जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।


सम्बन्धित समाचारः
‘सेन्डो भेस्ट’ लगाएर मन्त्रीको कुर्सीमा बसेको फोटो भाइरल भएपछि पत्रकारमाथि मनाङेको आक्रोश
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते