पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पत्रकार कुट्नुपर्ने अराजक अभिव्यक्ति दिएका छन् ।
‘सेन्डो भेस्ट’ लगाएर मन्त्रालय कुर्सीमा विराजमान भएको फोटो भाइरल भएपछि उनले फोटो खिच्ने पत्रकारमाथि ‘कुट्नुपर्ने’ अभिव्यक्ति दिएका हुन् । तस्वीर अनलाइन खबरका गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीले खिचेका थिए ।
आइतबार यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पत्रकारमाथि कुटपिट भएको सम्बन्धमा मन्त्री मनाङेसँग प्रतिक्रिया लिन जाँदा ‘मेरो साथी’ अनलाइन टिभीका सुरेश सुनारसँग अन्तर्वार्ताका क्रममा उनले आफ्नो गन्जी लगाएको फोटो खिच्ने पत्रकारमाथि कुटपिट हुनुपर्ने बताए ।
‘अस्ति गन्जी लगाएको फोटो हाल्ने के नाम हो ? अमृत सुवेदी । त्यस्तोलाई कुट्दैन, सोझो पत्रकारलाई कुटेछन्,’ उनले भनेका छन् ।
प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे काम विशेष भन्दै भारत गएका छन् । उनले दोस्रो वरियताका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
कार्यवाहक मुख्यमन्त्री थापाले मन्त्री गुरुङको अभिव्यक्तिबारे जानकारी पाएको र उनीसँग कुरा गर्ने बताए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते