गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
स्याङ्जाको भिरकोट नगरपालिका -४ दर्बुङठाँटीमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । सामान्य चोटपटक लागेकाको वालिङ्रमा सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको र गम्भीर घाइते भएका दुईको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भित्री सडकखण्ड हुँदै वालिङ्तर्फ जाँदै गरेको ध १ ज २६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
घाइते भिरकोट -४ का ५१ वर्षीय इन्द्रबहादुर थापा र २८ वर्षीय धन बहादुर रानाको प्राथमिक उपचार स्वास्थ्य केन्द्र, वालिङ्मा सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको र जीपमा सवार स्थानीय ७२ वर्षीय सोभा थापा र जीप चालक ३६ वर्षीय चित्र बहादुर रानाको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको डिएसपी रानाले बताए ।
सम्बन्धित खबर
कालीगण्डकी कपको उपाधि वडा -७ लाई
स्याङ्जामा दुई मोटरेबल पुलको शिलान्यास
दुई पालिका जोड्ने मोटरेबल पुलको उद्घाटन
कालीगण्डकी अध्यक्ष कप तथा खेलकुद महोत्सव सुरु
प्रधानमन्त्रीद्वारा फेदीखोला गाउँपालिका सम्मानित
विद्यालय खेलकुद महासंघ स्याङ्जाको अध्यक्षमा अमृत
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
भारतबाट पहिलोपटक जहाज आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा