पोखरामा दुई पत्रकारमाथि कुटपीट, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भर्त्सना

यातायात व्यवासायीको आन्दोलन:

पोखरामा दुई पत्रकारमाथि कुटपीट, पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भर्त्सना

Suraj binu

पोखरा । आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् ।

व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय विना थापा मगर ‘बिनु’ र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । अन्दोलनकारीले सुरज सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।

पृथ्वीचोकमा पर्यटक बस चलाएको भन्दै बसमाथि तोडफोड गर्न लागेका बेला क्यामेराले दृश्य कैद गर्दैगर्दा आफूहरुमाथि आक्रमण भएको सञ्चारकर्मी सुरजले बताए । घटनापछि आक्रमण गर्ने विरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगे ।

पत्रकारद्वयमाथि भएको आक्रमणको पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् ।

पत्रकार महासंघ केन्द्र, गण्डकी, कास्कीसहित प्रेस चौतारी गण्डकी र कास्की , प्रेस यूनियन कास्की, प्रेस सेन्टर गण्डकी, समाजवादी पत्रकार, फोनिज गण्डकी र कास्की, मगर पत्रकार संघ, स्वतन्त्र पत्रकार संघ, खेलकुद पत्रकार मञ्च, अनलाइन पत्रकार संघ लगायतले विज्ञप्ति जारी गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds