पोखरामा आज सार्वजनिक तथा भाडाका सवारी चलेनन्

पोखरामा आज सार्वजनिक तथा भाडाका सवारी चलेनन्

यात्रुलाई सास्ती

pkr rod

पोखरा । आन्दोलनमा रहेको यातायात व्यवसायीले आज पोखरामा सार्वजनिक सवारी साधन तथा कालो नम्बर प्लेटका भाडाका सवारी चलाएका छैनन् ।

गण्डकी सरकारलाई दिएको ४८ घण्टे अल्टिमेटमलाई बेवास्ता गरेको भन्दै आजदेखि सार्वजनिक सवारी साधन घर र ग्यारेजमा थन्काएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाइएको थियो ।

उक्त म्याद सकिएको भन्दै यातायात व्यवसायीहरु आजदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रेका हुन् । वार्ताका लागि प्रयास भइरहेको भन्दै उनले सहमतिमा पुगे आन्दाेलन फिर्ता लिने नत्र कडा तरिकाले प्रस्तुत हुने चेतावनी दिएका छन् ।

सार्वजनिक सवारी साधन नचलेपछि यात्रुलाई सास्ती परेको छ । निजी राताे नम्बर प्लेटका सवारी भने निर्वाध चलिरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ