सडकमा फेरि पलेटी कस्छुः माओवादी केन्द्र अध्यक्ष दाहाल

सडकमा फेरि पलेटी कस्छुः माओवादी केन्द्र अध्यक्ष दाहाल

Prachanda

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई ठुला दल मिलेर पश्चिम देशमा रहेजस्तै ‘दुई पार्टी सिस्टम’ मा देश लग्न खोजेको आरोप दोहोर्‍याएका छन्।

समानुपातिक पद्धति हटाएर र थ्रेस होल्ड बढाएर देशलाई दुई पार्टी सिस्टममा लग्न खोजेको दाहालले आरोप लगाएका हुन्। ‘थ्रेस होल्ड बढाएर साना पार्टीलाई निस्तेज बनाउने र तथाकथित दुई पार्टी सिस्टम जो पश्चिमा देशमा चलेको छ, नेपाललाई पनि त्यता लैजान खोजिएको छ,’ शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले भने, ‘सशस्त्र जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धी संविधान संशोधनबाट समाप्त पार्न खोजिदैछ।’

त्यसविरुद्ध फेरी सडकमा उत्रिनुपरे पनि आफू तयार रहेको उनले बताए। उनले भने,‘फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भए पनि जनताको साथमा बसेर भए पनि त्यसो हुन दिने छैनौं।’

आफू संविधान संशोधनको विरोधी नरहेको पनि दाहालले बताए। ‘संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी हुन्छ भने म तयार नै छु,’ उनले भने।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds