पौडी खेल्ने क्रममा डुबेर बेपत्ता पोख्रेल मृत फेला

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता पोख्रेल मृत फेला

duber bepattaa

स्याङ्जाको वालिङ् नगरपालिका हुँदै बग्ने आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका शिव पोख्रेल मृत फेला परेका छन् ।

शुक्रवार दिउँसो साथीहरूसङ्ग वालिङ् -११ अमले स्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका पोख्रेलको खोजतलास गर्ने क्रममा वालिङ् -१३ र गल्याङ -८ सिमाना बायाँटारी स्थित आँधिखोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

हरिनास गाउँपालिका -५ बसन्त डाँडा घर भई वालिङ् नगरपालिका -५ बिपी चोकमा डेरा गरी बस्ने २३ वर्षीय शिव पोख्रेल वालिङ् बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत रहेको डिएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds