तिनाउ नदीमा डुबेर बागलुङका एक बालकको मृत्यु, एक बेपत्ता

तिनाउ नदीमा डुबेर बागलुङका एक बालकको मृत्यु, एक बेपत्ता

dubera bepatta

सांकेतिक तस्विर

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । एक बालक बेपत्ता भएका छन्।

बुटवल उपमहानगरपालिका– ११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे भने बेपत्ता रहेको जनाइएको छ। प्रहरीका अनुसार दुवै बालक दिदी बहिनीका छोराहरु हुन्। पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए।

नदीमा हराएका विप्रनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ