समावेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथि छलफल

समावेशी शिक्षा मापदण्डको प्रारम्भिक मस्यौदा माथि छलफल

masyauda

पोखरा । अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०८१ को प्रारम्भिक मसौदा माथि गण्डकी प्रदेशस्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए।

पौडेलले अपांगता भएका सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न समतामूलक तथा न्यायपूर्ण अबसर सृजना गर्न मापदण्ड महत्त्वपूर्ण हुने बताए। उनले नेपालको विद्यमान शिक्षा सम्बन्धि संबैधानिक व्यवस्था ऎन, निति तथा योजना कार्यान्वयन गर्न र समावेशी शिक्षाको सहज सञ्चालन र पहुँच स्थापित गर्न मापदण्ड थप सहायक हुने विश्वास ब्यक्त गरे । पौडेलले प्रारम्भिक मस्यौदामा गम्भीर छलफल सहित थप मजबुत बनाउन नेपाल सरकारलाई सुझाव दिन सरोकारवालाहरूलार्इ आग्रह गरे ।

उक्त कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, विश्व शिक्षा परिषदका सदस्य डाक्टर बिरेनराज पोख्रेल, शिक्षा समन्वय एकाइ कास्कीका शाखा अधिकृत टंक बराल, नेत्रहीन संघका केन्द्रिय महासचिव शिशिर खनाल, कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति अध्यक्ष रोमहर्षण पौडेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त प्रारम्भिक मसौदा तयार पारेको हो। नेत्रहीन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रामचन्द्र गैहेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अधिकृत नीर श्रेष्ठले गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ