वालिङ्मा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता

वालिङ्मा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता

duber bepattaa

स्याङ्जाको वालिङ् नगरपालिका हुँदै बग्ने आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हरिनास गाउँपालिका -५ बसन्त डाँडा घर भई वालिङ् नगरपालिका -८ बिपी चोकमा डेरा गरी बस्ने २३ वर्षीय शिव पोख्रेल रहेका छन् ।

वालिङ् डेरा गरी बस्ने पोख्रेल वालिङ् बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्यनरत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

शुक्रवार दिउँसो साथीहरूसङ्ग वालिङ् -११ अमले स्थित आँधिखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका पोख्रेलको खोजतलास भइरहेको डिएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds