पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

pahiro

म्याग्दी । पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान म्याग्दी रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।

आजै सडक खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds