घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १ हजार ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds