पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापालाई हस्तान्तरण गरेको हो ।
कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुने बताए । “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा आशावादी छु ।”, उनले भने । उनले मस्यौदामा अपाङ्गता भएको व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयलाई समेटेर मस्यौदा तयार पारिएको हुँदा प्रभावकारी हुने उल्लेख गरे ।
तयार पारिएको मस्यौदालाई थप परिमार्जित गरी अगाडि बढाइने प्रतिबद्धता समेत मन्त्री थापाको छ ।
उपसभामुख बिना थापाले सबै अपाङ्गता व्यक्तिहरुको अधिकार सुनिश्चित हुने गरि मस्यौदा तयार भएको बताइन् । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले स्थानीय तह र प्रदेश सरकारले अपाङ्गता भएको व्यक्तिको दायित्वलाई बोध गर्ने गरी कानून निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकारका विषयलाई मस्यौदामा उल्लेख गरिएको बताए ।
स्वालम्बन जीवनपद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद देखि सरोकारवालाहरुको उपस्थिति थियो ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने