कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

Raj-Kumar-Nakarmi

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने बताइएको छ ।

नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए ।

मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds