पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

Bhrkt pahiro

रामेछाप । रामेछापमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ पहिरो जाँदा स्थानीय विमान तामाङको घरको आधा भाग पुरिएको हो। पहिरोमा परेर विमानकी छोर १८ वर्षीया सीता तामाङ, नातिनीहरु १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

रोपाइँ सकेपछि घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै आएको पहिरोले पुरेको थियो। अर्को कोठामा रहेका विमान र उनकी श्रीमती भने सकुसल रहेको गोकुलगङ्गा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए।

पहिरोले घर पुरिएको सूचना पाउनासाथ बेताली प्रहरी चौकीका प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds