वरिष्ठ लोक गायक एलपी जोशीको निधन

वरिष्ठ लोक गायक एलपी जोशीको निधन

ph

पोखरा । वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ।

बिहीबार साँझ उनको ८८ बर्षको उमेरमा निधन भएको हो।

वि.सं. १९९३ सालमा धनकुटा ६ बिचबजारमा जन्मिएका जोशी बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए। उनको झापाको दमकस्थित घरबाट अस्पताल लानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए।

दमक नगरपालिका १ निवासी जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायो’ ‘ओल्लो खोलो पल्लो खोलो’ लगायतका दर्जनौँ गीतहरु चर्चित छन् ।

पारिवारिक स्रोतका अनुसार उनको अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds