नेपालकै पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी गड्तौला

नेपालकै पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी गड्तौला

lila-devi-gartaula

काठमाडौं– लिलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । सरकारले कायम मुकायम मुख्यसचिव  गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds