काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध चलखेल र षड्यन्त्र सुरु गरिएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले बिहीबारदेखि सुरू केन्द्रीय कमिटी बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीविरुद्ध षड्यन्त्र गर्न लागिएको बताए । उनले यसबारेमा चनाखो भएर बस्न नेता–कार्यकर्तालाई उनले भनेका छन् ।
नेपालले सम्बोधनका क्रममा कसले कस्तो षड्यन्त्र गर्दैछन् भन्ने खुलाएनन् । अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । यसअघि पनि ओलीले आफूहरूको पार्टी फुटाइदिने षड्यन्त्र गरेको आरोप नेपालले लगाउँदै आएका थिए ।
ओली प्रधानमन्त्री बनेदखि माधव नेपालको चिन्ता बढेको छ । उनले अनेक शंका व्यक्त गरिरहेका छन् । प्रधानमन्त्री ओलीले सत्ताको आडमा पार्टी फुटाइदिने चिन्ता नेपाललाई परेको छ ।
यसअघि पनि नेपालको पार्टीका ६ जना भन्दा बढी सांसदहरू अन्य दलका नेतासँग संवादमा रहेको चर्चा आएको थियो । अहिले पनि किसान श्रेष्ठ र प्रेमकुमार आलेहरू नेपालसँग सन्तुष्ट छैनन् । आलेले त काठमाडौंमा भएको १० औँ महाधिवेशन बहिष्कार गरेर नयाँ विकल्पको खोजी थालेका छन् । अन्य केही सांसद पनि विकल्पको खोजीमा जुटेको चर्चा छ।
सम्बन्धित खबर
स्टन्ट र गाली गरेर देश बन्दैनः सुनिता डंगोल
एसइईको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू, १२ को परीक्षा पनि नसार्नू: सर्वोच्च अदालत
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
काठमाडौँमा गुडिरहेको बसमा आगो लाग्यो, यात्रुले भागेर ज्यान जोगाए
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध