सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घट्यो

gold

प्रतिकात्मक तस्विर

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २४ सय रुपैयाँले घटेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला एक हजार ७ सय ५० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds