विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने

saurya-air_GLkR5Beoce

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा म ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने जहाजका पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

सरकारले उक्त जहाज दुर्घटनाको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन समेत गरेको छ ।

दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षण सुरु गरिएको अस्पतालका फरेन्सिक मेडिसिन विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds