जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था ‘खतरामुक्त’

जहाज दुर्घटनामा घाइते पाइलटको अवस्था ‘खतरामुक्त’

pilot khatramukta

काठमाडौँ — सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था अहिलेसम्म खतरामुक्त रहेको छ ।

केएमसी अस्पतालका अनुसार उनको अनुहारमा ठूलो चोट लागेको छ । तर उनी कुराकानी गर्नसक्ने अवस्थामा छन् ।

उनको मेरुदण्डको ‘एल टु’ भाँचिएको देखिएको छ । अस्पतालका अनुसार अनुहारमा गहिरो चोट लागेको छ । तर अहिलेसम्म अवस्था खतरामुक्त छ । शाक्य बोल्न सक्ने अवस्थामा छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यको मात्र उद्धार सम्भव भएको थियो ।

विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। आफन्तहरू शव बुझ्न अस्पतालबाहिर पुगेका छन्।

अस्पताल परिसरमा पुगेका मृतकका आफन्त भावविह्वल भएका छन्। अस्पताल परिसरमा रुवाबासी चलेको छ।

पोस्टमार्टमको काम केहीबेरमा शुरू हुने शिक्षण अस्पताल प्रशासनले जनाएको छ।

बुधबार बिहान ११:११ मा दुर्घटनाग्रस्त भएको विमानमा चालकदलसहित १९ जना सवार थिए। उनीहरू एअरलाइन्सकै कर्मचारी र उनीहरुका आफन्त हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds