सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु

सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु

sharma

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको ।

सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा परी अधिराज शर्मा (बालक)को मृत्यु भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds