त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
क्याप्टेन मनिषरत्न शाक्यबाहेक सवार सबैको मृत्यु भएको हो । जिवितै उद्धार भएका थप एकजनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘१७ जनाको घटनास्थलबाटै शव उठाइएको थियो । पाइलटबाहेक एकजना जिवित रहेकोमा पछि उनको पनि मृत्यु भएको हो ।
आफू उद्धारकार्यमै रहेकाले परिचय भने प्रस्ट भइसकेकोछैन । मृत्यु हुने सबै सौर्य एयरलाइन्सका कर्मचारी र इन्जिनियर रहेका छन् । उनीहरूमध्ये एकजना महिला र बाँकी सबै पुरुष हुन् ।
यस्तै एकजना विदेशी नागरिक र बाँकी सबै नेपाली पनि रहेको सौर्य एयरलाइन्सले जनाएको छ । मृतकहरूको पोष्टमार्टम र सनाखतका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिदै छ ।
नागरिक उड्यन प्राधिकरण स्रोतका अनुसार विमानमा पाइलट मनिष शाक्य र को-पाइलट एस कटवाल रहेका थिए।
त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक Aref Reda सवार रहेका थिए।


Photo Credit: ktmspotter




सम्बन्धित खबर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते