सौर्य विमान दुर्घटना: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि भैरहवा डाइभर्ट हुन थाले विमानहरू

सौर्य विमान दुर्घटना: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएपछि भैरहवा डाइभर्ट हुन थाले विमानहरू

केही अन्तराष्ट्रिय विमानहरू भारतीय आकाशमा ‘होल्ड’

tribhuwan airport TIA

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाले विमानस्थल बन्द भएपछि काठमाडौं अवतरण गर्न लागेका विमानहरूलाई भैरहवातर्फ डाइभर्ट गरिएको छ ।

विमानस्थल बन्द भएको कारण भैरहवादेखि काठमाडौं र धनगढीदेखि काठमाडौं आन्तिरक उडान भरेको श्री एयरलाइन्सको दुईवटा विमान भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए ।

‘त्रिभुवन विमानस्थलमा विमान दुर्घटना भएको कारण अवतरण गर्न नपाएका विमानहरू गौतमबुद्ध विमानस्थलतर्फ डाइभर्ट भइ अवतरण भएका छन्’, उनले भने, ‘गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल खुल्ला छ र आवश्यक परे हामी अन्तराष्ट्रिय विमानहरू पनि अवतरणका लागि अनुमति दिने तयारी अवस्थामा छौँ ।’

त्रिभुवन विमानस्थल बन्द हुँदा उडान अवतरण प्रभावित भएका छ । अवतरण गर्न लागेका केही अन्तराष्ट्रिय विमानहरू भारतीय आकाशमा ‘होल्ड’ भएका छन् ।

 विमान दुर्घटनामा परेपछि  १२ : ४५ सम्मका लागि कार्यालयले नोटाम जारी गरेको थियो । नोटामका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । जसका कारण मलेसियाको क्वालालुम्पुरबाट आएको मलेसिया एयरलाइन्सको जहाज डाइभर्ट गरिएको छ ।

त्यस्तै बैंककबाट थाई एयरवेजको जहाज आकाशमै होल्ड गरिएको छ । त्यसैगरी ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज पनि होल्डमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds