यूएस बंगलाको विमान दुर्घटनापछि साढे ६ वर्षमा त्रिभुवन विमानस्थलमा अर्को दुर्घटना

यूएस बंगलाको विमान दुर्घटनापछि साढे ६ वर्षमा त्रिभुवन विमानस्थलमा अर्को दुर्घटना

sorya-crashsss

काठमाडौंको त्रिभुवन विमानस्थलमा २०७४ फागुन २८ गते यूएस बंगलाको विमान दुर्घटना भएको थियो । साढे ६ वर्ष पछि आज सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो ।

काठमाडौंबाट पोखरा आउन लागेको सौर्य एयरको उक्त विमानमा १९ जना सवार रहेकोमा क्याप्टेनको मात्र उद्धार भएको अवस्था छ । १८ जनाको शव निकालिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटनामा परेको विमानमा आगलागी भएको छ । प्रहरीका अनुसार टेकअफको क्रममा विमान दुर्घटना भइ आगलागी भएको हो ।

दुर्घटनापछि विमानस्थलमा उडान अवतरण बन्द भएका छन् ।

विमानस्थल भित्रै साढे ६ वर्षपछि विमान दुर्घटना भएको हो । बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको विमान अवतरणका क्रममा भएको सो दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds