पोखरामा मर्मत गर्नका लागि जान लागेको जहाज अचानक क्र्यास भयो: सौर्य एयरलाइन्स

दुर्घटना

पोखरामा मर्मत गर्नका लागि जान लागेको जहाज अचानक क्र्यास भयो: सौर्य एयरलाइन्स

Crashhh Saurya

जहाज दुर्घटनामा परेकोबारे सौर्य एयरलाइन्सले जानकारी दिएको छ ।

पोखरामा मर्मतका लागि जान लागेको जहाज दुर्घटनामा परेको उसले पुष्टि गरेको छ ।

एयरलाइन्सका अनुसार जहाजमा चालक दलका दुई पाइलट र अरू १७ जना प्राविधिक थिए । जहाजलाई क्याप्टेन मनिष शाक्य र कोपाइलट सुशान्त कटुवालले चलाएका थिए ।

उड्नासाथ अचानक क्र्यास भएको बताइन्छ । प्रत्यक्षदर्शीकाअनुसार जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो ।

सौर्य एयरलाइन्सको उक्त  ९एन-एएमई (सीआरजे २००) जहाज बुधबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

 जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।

अहिलेसम्म क्याप्टेनको उद्धार गरेर अस्पताल लगिएको छ र १३ जनाको शव निकालिएको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ