पोखरा । पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जनाजनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँचवर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिंदै वडा वासीलाई नआत्तिनपनिउनिहरुको अनुरोध थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्ष भित्रपामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने पनिउनिहरुको भनाई थियो । खानेपानी समस्या समाधानका लागि लौरुक लिफ्टिङ्ग योजनाको काम अगाडी वढेको भन्दै वहुवर्षीय आयोजनाको रुपमा दुई वर्ष भित्र पुरा गर्ने पनि जनप्रतिनिधीको भनाई थियो ।
कास्कीकोट माथी देखि पामे साईडको पनि अधिकतम भू–भाग समेटीएकाले वडा कार्यालयमा हुने कामकार्वाहीमा समस्या परेको भन्दै वडाको भू–भागबाटै वडा कार्यालयमा जाने कनेक्टिङ्ग रोड छिट्टै पुरा गर्ने पनि उनीहरुको भनाई थियो । अहिले २४ नम्मर वडाकै लौरुक तथा पामे यरियाका नागरिकलाई वडाको काम गर्न जानु परेमा ५ वटा वडा कार्यालयको भू–भाग घुमेर जानु पर्ने वाध्यता छ ।
उक्त कार्यक्रममा कास्कीकोटका स्थानीय बासिन्दा, वडा भित्रका संघ–संस्थाका प्रतिनिधिहरू, तथा सरकारी अधिकारीहरू समेत गरि १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा पोखरा २४ का अध्यक्ष भरत बहादुर अधिकारीले आर्थिक वर्षको विभिन्न परियोजनाहरू, खर्चको विवरण तथा आगामी योजनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले कास्कीकोटलाई अगाडी बढाउनका लागि आवश्यकताको आधारमा सबै प्रकारका व्यक्तित्वहरु सँग सहकार्य गरेर जाने बताए ।
कार्यक्रममा सहभागी स्थानीयहरूले वडाभित्रका सडक तथा योजनाहरूमा विभिन्न प्रश्नहरू उठाएका थिए । सहभागीहरुको जिज्ञासा सम्बोधन गर्दै संघीय, प्रदेश र स्थानीय तीनै तहले उपलब्ध गराएको रकम समायोजन गरेर बजेट बनाएउको उल्लेख गरे ।
सार्बजनिक सुनुवाई कार्यक्रममा वडा सचिव ईन्द्र बहादुर जीसीले चालु आ ब २०८०/८१ मा जारी कार्यक्रम र बजेटसँग सम्बन्धित वडा प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै उनले सार्वजनिक सुनुवाई बाहेक पनि नागरिकका जिज्ञासाहरुको सम्बोधन गर्ने बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्य कृष्ण प्रसाद सुवेदीले वडावासी नागरिकले मात्र नभई राजनीतिक दलका नेताहरुले पनि वडाको काममा चासो राख्नुपर्ने बताए । उनले पार्टीलाई अगाडी बढाउने बारे मात्र होईन वडालाई अगाडी बढाउन पनि वार्ता र सुझावहरु दिनुपर्ने बताए ।
सार्वजमिक सुनुवाईमा वडा बासीले ग्रामिण सडक, शैक्षिक र स्वास्थ्य गुणस्तर सुधार, कास्कीकोटमा पर्यटन प्रवद्र्धन, वडाको भावी योजनाबारे प्रश्न तथा जिज्ञासाहरु राखेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने