पोखरा न्यूरोडस्थित सिटिजन फर्निचर न्यूरोडसँगको सहकार्यमा मंगलबार पोखरामा आयोजित रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन गरेको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ केन्द्र, प्रदेश समन्वय समिति गण्डकी र जिल्ला समितिले रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष युवराज पौडेलले एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक दीपेन्द्र श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

महासंघको नवौं वार्षिकोत्सवको अवसर पारेर “रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौं पुण्य कमाऔं” भन्ने नाराका साथ आयोजना गरेको रक्तदान कार्यक्रममा फर्निचर व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ केन्द्रका अध्यक्ष युवराज पौडेल, कास्की अध्यक्ष पूर्णशोभा गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीलगायतले रक्तदानको महत्व र फर्निचर व्यवसायी महासंघले गरेका कार्यहरुबारे बोलेका थिए ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने