रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन

रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन

cabinet-meeting-new

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजान, जानैपर्ने भ्रमण भए अवधि छोट्याउनैपर्ने र भ्रमण टोलीमा महिला हुनैपर्ने निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । तर रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds