पोखरा । ट्राफिक कार्यालय कास्कीले नियम उल्लंघन गर्ने सवारीबाट गत आर्थिक वर्षमा ६ करोड ८७ लाख १३ हजार ६ रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार ८४ हजार ५ सय २३ सवारीलाई कारबाही गर्दा उक्त राजस्व जरिवानाबापत उठेको हो ।
कास्की प्रहरीले दुई पांग्रे सवारीको रुप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्ने सवारीमाथि कारबाही गर्ने अभियान नै चलाएको थियो । ध्वनि प्रदूषण गर्ने गरी मोडिफाइड १ हजार ९ सय ८६ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । त्यस्ता सवारीबाट २८ लाख १० हजार ३ सय रुपैयाँ जरिवाना संकलन भएको छ ।
५ वर्षसम्म नवीकरण फेल भएका ११ वटा सवारी र मिटरमा जान नमान्ने ५ सय ७८ भाडाका ट्याक्सीसमेतलाई कास्की प्रहरीले कारबाही गरेको छ । अत्यधिक मात्रामा कालो धुँवा फाल्ने ६ वटा सवारी साधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
पर्यटन राजधानी घोषणा गरिएको पोखरामा कालोे धुवाँ पुत्याउँदै हिँड्ने सवारीको लर्को नै छ । राइड सेयरिङ इनड्राईभ, पठाओ, टुटल जस्ता मोबाइल एप प्रयोग गरी अनाधिकृत रुपमा यात्रु ओसारपसार गर्ने २२ वटा दुई पांग्रे र ४ चार पांग्रे सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको पनि कास्की प्रहरीले जनाएको छ ।
मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हुइँकाउने, लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएकोभन्दा बढी भाडा यात्रुसँग असुल्ने, जथाभावी पार्किङ गर्ने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकलाई पनि प्रहरीले कारबाही गर्ने गरेको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो