शिक्षा र पार्टी जोडियो तर राजनीति जोडिएन, त्यसैले आवश्यक सुधार हुन सकेन: मन्त्री भट्टराई

शिक्षा र पार्टी जोडियो तर राजनीति जोडिएन, त्यसैले आवश्यक सुधार हुन सकेन: मन्त्री भट्टराई

bidya bhattarai

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार नभएको बताएकी छन् ।

सोमबार ललितपुरमा भएको ‘इम्पावरिङ वुमन जर्नलिस्ट थ्रु क्यापासिटी बिल्डिङ इन पोलिटिकल रेपोर्टिङ’ कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोदिँदा सुधार हुन नसकेको बताएकी हुन् ।

‘सुधारको लागि राजनीति र शिक्षा जोडिनु पर्थ्यो तर शिक्षा र दलसँग जोडियो, राजनीति र शिक्षा जोडिएन’, उनले भनिन्, ‘जसले आवश्यक सुधार हुन सकेको छैन ।’ मन्त्री भट्टराईले शिक्षा र प्रविधि नजोडिँदा थप चुनौती बढेकोसमेत बताइन् ।

त्यसका लागि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम परिमार्जन गर्न अध्ययन भइरहेको भन्दै सुझाव समेत माग गरिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds