तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

तनहुँमा जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

raper1

तनहुँ । तनहुँमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भिमाद नगरपालिका–६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पीताम्बर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगी डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds